सहमति नभए मन्त्रिपरिषद् विस्तारः सापकोटा

काठमाडौं, २३ असोज । एकीकृत माओवादीका प्रवक्ता अग्नि सापकोटाले संविधानसभाको पुनःस्थापना अघि विवादित विषयमा सहमति भएमात्रै कांग्रेस नेतृत्वमा सरकार बनाउन सकिने बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले आफूहरुले अघि सारेका पूवसर्त नमाने कांग्रेसलाई सरकारको नेतृत्व नदिने बताए । उनले भने, ‘एमाओवादीले अघि सारेका मागलाई कांग्रेसले नमाने वर्तमान मन्त्रिपरिषद विस्तार गर्छौं ।’
प्रवक्ता सापकोटाले संविधानसभा पुनःस्थापना सबै भन्दा कम जोखिम पूर्ण विकल्प रहेकाले नयाँ निर्वाचनमा तत्काल जान नहुने उल्लेख गरे ।
कांग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिह केसी सरकारको नेतृत्व पाउने लोभमा संविधानसभा पुनःस्थापनाको पक्षमा आफूहरु नउभिने बताए ।
उनले मृत्यू बरण गरिसकेको संविधानसभाले मुलुकलाई कुनै निकास दिन नसक्ने बताए । केसीले भने, ‘संविधानसभा पुनःस्थापनाका विषयमा नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले दिएका अभिव्यक्ति उनीहरुका निजी धारणा हुन् ।’

प्रतिक्रिया