ढिस्कोले पुरिए तीन महिला घाईते

दाङ, २२ असोज । दाङ जिल्लाको घोराही नगरपालिका वडा नम्वर ८, वडहरामा माटोको ढिस्कोले पुरिएका तीन महिलाको प्रहरीले उद्धार गरेको छ ।
आज विहान माटो खन्ने क्रममा ढिस्कोले पुरिएका २३ बर्षीया कल्पना चौधरी, २८ बर्षीया बिष्णु चौधरी र २२ बर्षीया उमा चौधरीको प्रहरीले उद्धार गरेको जनाएको छ । पुरिएका उनीहरु गम्भीर घाईते छन् । घाइते मध्ये बिष्णुको अवस्था गम्भीर छ ।
घर लिप्नका लागि माटो खन्ने क्रममा उनीहरु विहान ७ बजे ढिस्कोले पुरिएका थिए । घाईते उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

प्रतिक्रिया