बेपत्ता दुई बालिकाको शव भेटियो

सप्तरी, २२ असोज । सप्तरीको देउरी भरुवा गाविसस्थित कोसी नहरमा डुबेर बेपता भएका दुई बालिकाको शव आज फेला परेको छ ।
इलाका प्रहरी कार्यालय हनुमाननगरको टोलीले बालिका डुबेको स्थानदेखि करिब २५ मिटरको दूरीमा रहेको पुल छेउमा शव फेला पारेको हो ।
आइतबार जितिया पर्वमा नहरमा नुहाउन गएकी सप्तरीको बसबिट्रि–८ निवासी १० वर्षीया संगीता साह र आठ वर्षीया मनीषाकुमारी साह बेपता भएका थिए ।
फेला परेका दुवै बालिकाको शव परीक्षणका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल पठाइएको छ ।

प्रतिक्रिया