बसमा लुटपाट गर्न खोज्ने लुटेरा पक्राउ

नवलपरासी, २१ असोज । नवलपरासी जिल्लामा बसमा लुटपाट गर्न खोज्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सवारी साधनमा ढुंगा प्रहार गरेर तोडफोड गर्नुका साथै लुटपाट गर्न खोज्ने तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मुकुन्दपुर–२ बस्ने ३९ बर्षीय खेमराज महतोसहित ३ जना छन् ।
उनीहरुले शनिबार राति भैरहवाबाट काठमाडौं तर्फ जादै गरेको लु १ ख ७२०१ नम्वरको बसमा मुकुन्दपुर–५, भेडाबारीमा जवरजस्ती चढेर लुटपाट गर्न शुरु गरेका थिए ।
प्रहरीले ना. ११ प २९०८ नम्वरको मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ । तस्विर गुगल

प्रतिक्रिया