पत्नीद्वारा पतिलाई बन्चरो प्रहार गरी हत्या

नेपालगञ्ज, २१ असोज । बाँकेको कचनापुर गाविसमा एक महिलाले आफ्नै पतिको हत्या गरेकी छन् ।
कचनापुर–६ की रमा रानाले आज विहान आप्mनै पति भरत रानालाई वञ्चारो प्रहार गरेर हत्या गरेकी हुन् । पति–पत्नीबीच घरायसी विवादले उग्ररुप लिएपछि रमाले वञ्चरो प्रहार गरेको हुन सक्ने प्रहरी आशंका छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नाउव उपरीक्षक रमेश बस्नेत नेतृत्वको टोलीले घटनास्थलबाट रमालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया