दैलेख चौतारीमा नयाँ नेतृत्व

दैलेख, २० असोज । प्रेस चौतारी नेपाल जिल्ला शाखा दैलेखको दोस्रो अधिबेसनले गोविन्द देब भारतीको नेतृत्वमा एघार सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ ।
विगतमा आन्तरिक विवादका कारण नेतृत्व विहिन भएको दैलेख शाखा सर्वसम्मत कार्यसमिति चयन गरेको हो । शुक्रबार राति सम्पन्न सम्मेलनमा ६ जनाले अध्यक्षमा दाबी गरेका थिए । नयाँ कार्यसमितिले बिगतका कमिकमजोरीलाई दोहरिन नदिने प्रतिवद्धता जनाएका छन् ।
उपाध्यक्षमा सीमा चन्द, सचिव भक्तबहादुर शाही, सह–सचिवमा श्याम विष्ट र कोषाध्यक्षमा भरतराज अधिकारी चयन भएका छन् । शंकरकिशोर अभय, नवीना हिरोजक, भीमबहादुर सिजापति, खगेन्द्र कार्की, चन्द्रा बोहरा र सिपी शर्मा सदस्यमा चयन भएका छन् । सौर्य

प्रतिक्रिया