चितुवाको आक्रमणबाट बालकको मृत्यु

काभ्रे, २० असोज । चितुवाको आक्रमणबाट काभ्रेको मेथिनकोट–५, भेडाबारीमा एक बालकको मृत्यु भएको छ ।
शुक्रबार बेलुकी नवराज भूर्तेलका पाँच वर्षीय छोरा नवीन भूर्तेललाई घरमा खाजा खाइरहेका बेला चितुवाले आक्रमण गरी जगंल तर्फ लगेको थियो ।
स्थानीय बासिन्दा र प्रहरीको टोलीले खोज्दै जाने क्रममा घर भन्दा डेढ किलो मिटर टाढा लप्से खोलाको जंगलमा चितुवाले खाइरहेको अवस्थामा राति १२ बजे तिर भेटिएको हो ।
बालक बालुवा–९ मा रहेको ब्राइट फ्युचर स्कुलको नर्सरीमा पढ्दै आइरहेका थिए ।
स्थानीयले नरभक्षी चितुवालाई नियन्त्रणको माग गरेका छन् । चितुवाले मेथिनकोट आसपासमा तीन वालकको ज्यान लिइसकेको छ ।

प्रतिक्रिया