सकेको चन्दा दिन जनस्वयंसेवकको आग्रह

चरिकोट, १९ असोज । चौतर्फी बिरोध भएपछि नेकपा–माओवादीले दोलखामा सकेको चन्दा सहयोग गर्न सबै समुदायमा आग्रह गरेको छ ।
राष्ट्रिय जनस्वयंसेवक दोलखाले जिल्लाका विभिन्न सरकारी कार्यलयमा तोकेरै मोटो चन्दा रकम माग गरे पछि चर्को विरोध शुरु भएको थियो । विरोध पछि जनस्वयंसेवकले विज्ञप्ति जारी गरेर सकेको रकम सहयोग गर्न सबैमा आग्रह गरेको हो ।
‘पत्रमा रकम तोकेको भएपनि जनता र प्रशासनको सुझाव अनुसार त्यसलाई सच्चाएर स्वेच्छिक रुपमा सहयोग गर्न आग्रह गर्दछौं,’ जनस्वंसेवक दोलखा संयोजक सञ्जय केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
जिल्लाका विभिन्न सरकारी, गैरसरकारी कार्यालय, वित्तीय संस्था तथा विद्यालयमा जनस्वंसेवकका नाममा १५ देखि ५० हजारसम्म रकम माग गरेर पत्र पठाए पछि कर्मचारीहरु त्रसित बनेका थिए ।

प्रतिक्रिया