जनकको समर्पण

अष्टावक्र भन्छन्– जनक यदि तिमी माथि उठ्ने हो भने तीन तत्त्व त्याग्नुपर्छ, प्रेममा जोडिनुपर्छ, एक आपसमा समर्पित हुनुपर्छ, सबभन्दा ठूलो कुरा त यो सबैलाई छोडेर तिमी गुरुचरणमा समर्पित हुनुपर्छ । समर्पित हुन सक्यौ भने तिमी आफ्नो ठाउँमा ठीक छौ, म आफ्नो ठाउँमा ठीक छु । म तिम्रो गुरु बन्न त आएको होइन, केही भन्न आएको हुँ । मैले तिम्रो अन्न खाएको छैन, तिम्रो भरमा बाँचेको पनि होइन । मलाई तिम्रो राज्यको पनि जरुरत छैन । तिम्रो राज्य, जनक राजा तिमी आपैँmसित राख । म अरू कुनै राज्यमा गएर बसौँला ।
जनक तत्काल त्यहाँबाट उठे र पहिलोपटक उनको मनबाट कुण्ठा, छल र झुठ तीनै चीज पग्लेर पानी–पानी भयो र अनुहार र दाह्री आँसुले भिज्न पुग्यो । सेनापति, मन्त्री र बीस हजार ब्राह्मणसहितको सभामा उनी अष्टावक्रको चरणमा झुकेर घुँक्कघुँक्क गर्न थाले ।
अष्टावक्रले उनलाई उठाए र भने– आज पहिलोपल्ट तिमीलाई मनुष्यजस्तो देख्दै छु । ठीक बाटोमा दुई कदम अघि बढेको पहिलोपटक देखिरहेको छु । अब यही बाटोलाई समातिराख्यौ भने तिमीलाई पिँढी दरपिँढीले याद राख्नेछ । र, छोड्यौ भने त्यस्तै प्रकारले हराउनेछौ जस्तो कि समय र कालले मानिसलाई विस्मृत गरिदिने छ । तिम्रो यही क्षण थियो महत्त्वको, यदि तिमी न पग्लेको भए बदलिने थिएनौ । राजा हुँ, छाती फुलाएर बसेको छु, एउटा सानोतिनो मान्छेसित किन झुकूँ भन्ने अहं यदि तिमीमा हुन्थ्यो भने त्यसले तिमीलाई खत्तम गरिदिन्थ्यो । तिम्रो अनुहारमा मुजा पथ्र्यो, आफँै बिरामी, असहाय, अपांग भएर मर्ने थियौ, जनक बन्ने थिएनौ, विदेह कहलाउने थिएनौ, ऋषि जनक कहलाउने थिएनौ । एउटा राजा जरुर मानिन्थ्यौ तर त्यस्ता राजा तिम्रा अघि ५० हजार भइसके । यो कुनै महत्त्वको कुरा होइन, तिमी पछि पनि ५० हजार राजा हुनेछन् । इतिहासले तिनलाई मधुरताका साथ सम्झना गर्नेछैन । म आजदेखि तिमीलाई जनक भनेर सम्बोधन गर्नेछैन, विदेह भन्नेछु ।
म अष्टावक्रको त्यही चार पंक्ति फेरि दोहोर्‍याउँदै छु । ती तीन चिज कहिले मेटिन्छ, म भन्न सक्दिनँ । मेटिएन भने पनि मलाई कुनै अपशोच छैन । झूट, छल र अरूलाई मूर्ख बनाउने कला, असत्य बोल्ने कला मेटिँदैन भने त्यो तिमीहरूको पुँजी हो, तिमीहरूसँगै रहोस् । मेटियो भने मेरो शौभाग्य ठान्नेछु कि परिश्रम केही सार्थक भयो । यही क्षणमै मेटिनुपर्‍यो, होइन भने हजार वर्षमा पनि मेटिँदैन । गुरुलाई नै झुटो बनाउने कोसिस गर्ने हो भने आफू स्वयं सोच्ने कहाँ उभिएको छु भनेर । फेरि झुकेर गुरुलाई प्रणाम गर्नु, गुरु पूजन गर्नु स्वयंमा बेइमानी हो । भित्रबाट तीन चिज (कुण्ठा, छल र झुट) लाई निकाल्यो भने पूर्णताका साथ, प्रशन्नताका साथ एक आपसमा भेट्न सकिनेछ । खुसी भएर कुरा गर्न सकिनेछ । समर्पित हुन सकिनेछ गुरुप्रति । त्यस्तो कार्य सम्पन्न गर्न सकिनेछ जुन उच्च कोटिको होस् । तिमीहरूको जीवनको सार्थकता यही हो ।
जब एक ज्योति, एक पवित्रता, एक सुगन्ध बनिरह्यो भने मात्रै जीवनको निर्माण हुन सक्छ । जीवन निर्माणको आवश्यक बिन्दु न काम हो, न क्रोध हो, न लोभ हो, न मोह हो, न अहंकार । यो त चित्तको वृत्ति हो । क्रोध पशुले गर्छ, लोभ पशुले गर्छ, अहंकार पशुले गर्छ, काम–वासना पनि पशुमा नै हुन्छ । मनुष्यले स्वयंलाई पूर्णनियन्त्र गर्न सक्छ । यो नियन्त्रण छ भने मात्र जीवन हो, त्यही मनुष्य हो ।
अनुवाद : शिव ढकाल
मन्त्र–तन्त्र–यन्त्र विज्ञान पत्रिकाबाट

प्रतिक्रिया