लुटपाट अभियोगमा प्रहरी हवल्दार हिरासतमा

काठमाडौं, २० असोज । लुटपाटमा संलग्न भएको अभियोगमा एक प्रहरी हवल्दार हिरासतमा पुगेका छन् । प्रहरीले प्रहरी हवल्दार रामहरि घिमिरेलाई अनुसन्धानका लागि सुनको सिक्री लुटपाटको अभियोगमा शुक्रबार बिहान पक्राउ गरेको हो ।
ललितपुर ठकुरी गाउा–१ का घिमिरेविरुद्ध ललितपुरकै ढुंगिन–१ की आरती पौडेलको डेढ तोलाको सुनको सिक्री लुटेको अभियोग लागेको छ । घिमिरे ललितपुर जिल्ला अदालत ३ नम्बर फााटका न्यायाधीश ऋषिकेश वाग्लेका ‘बडिगार्ड’ हुन् ।
महानगरीय प्रहरी परिसर ललितपुरमा भेटिएकी पौडेलले आफू कलेजबाट फर्कने क्रममा बिहीबार सााझ ६:१५ बजे पिछा गरी घिमिरेले सिक्री लुटेको दाबी गरिन् । ‘कलेजबाट घर फर्कंदा सााझ परिसकेको थियो, फराकिलो बाटो जान डर लागेकाले सााघुरो बाटोबाट घर फर्कंदै थिएँ । सुनसान स्थानमा पुगेपछि कसैले पिछा गरेझँै लाग्यो, मैले फर्केर हेर्ने आाट गरिनँ,’ पौडेलले भनिन्, ‘पछि त्यो व्यक्तिले नजिकै आएर मुख थुन्न थाल्यो, सहयोगका लागि चिच्याएँ तर कोही आएनन्, मैले बल गरेपछि म उसको समुन्ने भएा, अनुहार हेरो तर चिनिनँ, ऊ त्यत्तिकै भाग्यो, त्यसबेला वास्ता भएन, पछि घााटी छाम्दा पो मेरो सिक्री नै लगेर भागेको थाहा पाएँ ।’
उक्त घटनाको जानकारी परिवारलाई लगाएलगत्तै प्रहरी चौकी पुगेर लुटपाट गर्ने व्यक्तिको हुलिया वर्णन गर्दै उजुरी दिएको उनले सुनाइन् । हुलिया घिमिरेसाग मिलेपछि पौडेललाई गाउालेले उसैको घरमा लगेका थिए । घरमै भेटिएका घिमिरेलाई देख्नेबित्तिकै पौडेलले ‘लुटपाटमा संलग्न व्यक्ति यही हो,’ भनेकी थिइन् । गाउालेको दबाबमा प्रहरीले अनुसन्धान गर्न भन्दै ललितपुर परिसर ल्याएको थियो ।
हिरासतमा रहेका घिमिरेको घर त प्रहरीले खनतलासी लिइसके पनि लुटिएको भनिएको सुनको सिक्री भने फेला परेको छैन । प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी वसन्त पन्तले घिमिरेले स्थानीय युवतीको सुनको सिक्री लुटेको किटानीसहितको उजुरी परेपछि पक्राउ गरिएको बताए । भने, ‘उजुरी परेलगत्तै घिमिरेलाई पक्राउ गरिएको छ, हामीले उसको घर पनि खानतलासी लियौँ तर लुटिएको भनिएको सुनको सिक्री भेटिएको छैन, हामी थप अनुसन्धान गर्दै छौँ ।’
पौडेलका अनुसार केही प्रहरी अधिकृत घिमिरेलाई कारबाही गर्ने पक्षमा उभिए पनि केही भने विपक्षमा उभिएका छन् ।

प्रतिक्रिया