हृदय रोगको उपचारबारे परामर्श

काठमाडौं : हृदयगति बन्द हुँदा अपनाइनुपर्ने उपचार विधिबारे सयभन्दा बढी चिकित्सकबीच छलफल भएको छ । नर्भिक इन्टरनेसनल हस्पिटल तथा जयन्ती स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा काठमाडौंमा हृदयगति बन्द हुँदा अपनाइनुपर्ने विविध उपचार पद्धतिबारे सयभन्दा बढी मुटुरोग विशेषज्ञबीच छलफल भएको हो । हृदयरोग विशेषज्ञ तथा भारतस्थित मेदान्त, दि मेडिसिटीअन्तर्गतको मेदान्त हार्ट इन्स्टिच्युटका अध्यक्ष डा. रवि आर. कासलीबालले हृदयगति बन्द हुँदा उपनाउनुपर्ने विधिबारे
नेपाली चिकित्सकलाई जानकारी दिएका थिए ।
डा. भगवान् कोइरालाले हृदयरोगीको संख्या बढ्दै गएकाले चिकित्सकले रोकथामका लागि पहल गर्नुपर्ने बताएका थिए । (सौस)

प्रतिक्रिया