एक वर्षदेखि टेलिफोन सेवा बन्द

भद्रपुर : भद्रपुर कारागारमा करिब एक वर्षदेखि टेलिफोन सेवा बन्द भएको छ । झापालगायत विभिन्न जिल्लाका कैदी रहेका यस कारागारमा टेलिफोन सेवा अवरुद्ध हुँदा कैदीका आफन्तलाई समस्या भएको छ ।
टेलिफोन नहुँदा कारागार प्रशासनलाई ºयाक्स गर्न र प्राप्त गर्नका लागि अन्य कार्यालय र बजारका ºयाक्समाथि निर्भर हुनुपरेको छ । टेलिफोनको महिनाँैको बक्यौता कारागारले नतिरेपछि नेपाल टेलिकम भद्रपुरले टेलिफोनसेवा विच्छेद गरेको हो ।
कार्यालयले टेलिफोनबापत करिब ८५ हजार चुक्ता गर्न नसकेको कारण गत जेठ महिनादेखि टेलिफोन सेवा विच्छेद भएको कारागार प्रमुख खगेन्द्र गिरीले बताए । नेपाल टेलिकम भद्रपुरका प्रमुख रामप्रसाद दवाडीले कारागारले भुक्तानी नगरेकाले टेलिफोन सेवा काटिएको बताए । उनले भने, ‘कारागारमा केही महिना एकतर्फी फोन सेवा उपलब्ध गराइए पनि तोकिएको समयमा महसुल भुक्तानी नगरिएपछि सो सेवा पनि बन्द गरिएको हो ।’ (सौस)

प्रतिक्रिया