अध्यक्ष बुढाथोकीको दुर्घटनामा मृत्यु

दाङ, १९ असोज । पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आउँने क्रममा आज मोटरसाईकल दुर्घटनामा परेर एमाले दाङ क्षेत्र नम्बर ३ का अध्यक्ष घनश्याम बुढाथोकीको मृत्यु भएको छ ।
सौडियार गाविस वडा नम्वर चार फचकपुर स्थाई घर भएका ४५ बर्षीय बुढाथोकी लु ६ प ७८१७ नम्बरको मोटर साईकलबाट दुर्घटनामा परेका हुन् । मोटर साईकलको पछाडि बसेर घोराही बजार तर्फ आउँदै गर्दा विपरित दिसाबाट आउँदै गरेको लु १० प ९४७१ नम्बरको मोटर साईकलले ठक्कर दिदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाईते उनको थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा मृत्यु भएको थियो ।
प्युठानमा पनि दुर्घटना
यता, प्युठानको भिङगृ–२ मा दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
रा १ त १०१२ नम्वरको ट्याक्टर खेतमा पल्टिदा बिजयनगर–३ निवासी ३८ वर्षीय नमबहादुर कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाईते चालक कुमाललाई उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

प्रतिक्रिया