काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले चितवनस्थित चितवन मेडिकल कलेजलाई सञ्चालन गर्न दिएको डाइरेक्ट मेडिसिन (डिएम) र मास्टरर्स अफ चेरोलोजी (एमसिएच)को सम्झौता खारेज गर्न निर्देशन दिएको छ ।
न्याम्सले कलेजलाई डिएम र एमसिएच अध्ययनको सम्झौता नियमानुसार नगरेको भन्दै अख्तियारले खारेज गर्न निर्देशन दिएको हो । न्याम्स स्वायत्त संस्था हुँदाहुँदै निजी मेडिकल कलेजलाई डिएम र एमसिएचको कोटा दिएको भन्दै न्याम्सका कर्मचारीले अख्तियारमा गत भदौ दोस्रो साता उजुरी दिएका थिए । न्याम्सले गत माघमा कलेजलाई एउटा एमसिएच र गत भदौ पहिलो साता डिएम र एमएिचमा एक/एकवटा कोटा दिएको थियो ।
यसैबीच, कर्मचारीले एकेडेमी काउन्सिलका अध्यक्ष डा. श्रीकृष्ण गिरी पुन, डा. गिरीसहित सहायक डिन, डा. रेशम राणा, न्याम्स परीक्षा शाखा सदस्य भोजराज अधिकारी, परीक्षा शाखा कर्मचारी अनुजा गिरी, डा. ज्ञानेन्द्र शाहलगायतले १३ गते भएको एमडी, एमएस र एमडिएस परीक्षामा विद्यार्थीसँग रकम लिएर प्रश्नपत्र बेचेको आरोप लगाउँदै अख्तियारमा उजुरी दिएका छन् । परीक्षाको अघिल्लो दिन उनीहरूले १५ विद्यार्थीसँग प्रतिविद्यार्थी १५ लाखका दरले रकम लिएर प्रश्नपत्र बिक्री गरेको भन्दै कर्मचारीले परीक्षा रद्द गर्न र पुन: लोकसेवाको जस्तै गरी परीक्षा लिन माग गर्दै उजुरी दिएका हुन् । (सौस)
प्रतिक्रिया