सत्य बोल्नेहरुको बोलीमा अबरोध हुँदैछ

काभ्रे, १८ असोज । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले एमाओवादीले सत्य बोल्नेहरुको मुख बन्द गरेर असत्य बोल्नेहरुको बोली खोल्न एमाओवादी लागी रहेको बताएका छन् ।
बनेपामा आज आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले लुटेरा, हत्यारा र भ्रष्टाचारीहरुलाई बढावा दिएको आरोप लगाए ।
‘१४ हजारको हत्या गर्ने, युवा स्वरोजगार, लडाकुको शिविर, सहकारी, एनजिओ, द्वन्द्व पीडितका नाममा एमाओवादीले राज्य कोषको अरबौको भ्रष्टाचार गरेको छ,’ उनले भने, ‘एमाओवादीले मधेसवादी दलहरुलाई लोभ्याएर जवर्जस्ति निर्वाचनको नाटक गर्न खोजेको छ ।’
प्रचार विभाग प्रमुख मिनेन्द्र रिजालले पार्टी भित्रको द्वन्द्व ब्यवस्थापन गर्ने शैली विकास गर्न नसकिएकाले कांग्रेस कमजोर हुँदै गएको बताए ।

प्रतिक्रिया