भारतीय रुपियाँसहित भारतीय पक्राउ

झापा, १६ असोज । झापा जिल्लामा आज प्रहरीले दुई लाख १५ हजार भारतीय रुपियाँ बरामद गरेको छ ।
मेची नगरपालिका–११, जोरसिमलबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले चेकजाँचका क्रममा भारत नागरिकसँग सो रकम बरामद गरेको हो ।
भारतीय नक्कली नोट सहित पक्राउ पर्नेमा सिक्किम बस्ने सुशीसल शर्मा रहेको प्रहरीले जनाएको छ ।
डब्ल्यू बी ७४–६४९५ नम्बरको कार सहित विहान पौने दश बजे शर्मा पक्राउ परेका हुन् ।

प्रतिक्रिया