राजधानीका उपभोक्तालाई सुपथ मूल्य पसल

काठमाडौं, १६ असोज । सरकारले राजधानीका उपभोक्तालाई राहत दिन विभिन्न स्थानमा आज देखि सुपथ मूल्य पसलहरु सञ्चालनमा ल्याएको छ ।
दसैं र तिहारलाई ध्यानमा राखेर राजधानीमा हुने कालावजारी नियन्त्रण र उपभोक्तालाई सहयोग मिल्ने गरेर पसलहरु सञ्चालनमा ल्याईएका हुन् ।
कालिमाटी, कोटेश्वर, थापाथली, टेकु, रामशाहपथ, पुल्चोक र भक्तपुरमा सुपथ मूल्य पसलहरु सञ्चालनमा छन् ।
सरकारले सञ्चालनमा ल्याएका पसलहरुमा दाल, चामल, चिनी, दूध, घिउ, तेल, नुन, दही, मदिरालगायतका उपभोग्य वस्तु उपलब्ध हुने छन् ।
नेसनल ट्रेडिङको संयोजनमा सुपथ मूल्यका पसलहरु सञ्चालनमा आएका हुन् ।

प्रतिक्रिया