सीताको वैचारिक रुपान्तरण


तेह्रथुमको एउटा गाउँ । एउटी महिला माइत जाने सुरसार गर्दै थिइन् । नारीलाई दबाएरै राख्नुपर्छ भन्ने सोच बोकेको श्रीमान् आएर ठाडो आदेश दियो– किन जानुपर्‍यो माइती, जानुपर्दैन । श्रीमतीले मानिनन् । यत्तिकै निहुँमा पति उनलाई पिट्न थाल्यो । यति पिट्यो कि ती महिलाको शरीरका सबै कपडा च्यातिए, नांगेझार भइन् । जिउमा पेटीकोटबाहेक केही बाँकी रहेन ।
एउटी दश वर्षकी बालिका यो दृश्य नियालिरहेकी थिइन् । त्यो लोग्नेमान्छे पत्नीलाई लखेटीलखेटी कुटिरहेको थियो । ती बालिकालाई अनौठो लागिरहेको थियो । आजित भएपछि श्रीमतीले खुकुरी ल्याएर पतिका हातमा राखिदिइन्, अनि भनिन्, ‘मलाई काट, म अब बाँच्दिनँ ।’ यो दृश्यले ती बालिकाको मन पोलिरह्यो । सोचिन्, ‘माइत वा मावल जान पनि नारीको आÏनो
हातमा रहेनछ †’
ती बालिका अब ठूली भइसकिन्, सचेत पनि । यसबीच महिलाहिंसाविरुद्धका विभिन्न अभियानमा सक्रिय भइसकिन् । तेह्रथुमबाट काठमाडौं आइपुगेकी छन् । केही वर्ष पहिले तेह्रथुमका महिलाको मात्र समस्या देखेकी उनी अहिले देशैभरिका महिलाका समस्या नियाल्दै छिन् । उनलाई लाग्थ्यो रे, तेह्रथुमको जस्तो समस्या काठमाडौंमा त पक्कै छैन होला † तर अहिले भन्न थालेकी छिन्– ‘होइन, यो त भ्रम मात्रै पो रहेछ, गाउँ र शहरका समस्या खासै फरक रहेनछन् ।’ बरु गाउँमा एउटालाई केही परे अर्काले सहयोग गर्छ, वल्लोपल्लो घरका मान्छेबीच सहयोगी सम्बन्ध हुन्छ । काठमाडौंमा त एउटै घरमा बस्नेले पनि एकले अर्कालाई चिन्दैन । सबै आ–आÏनै धुनमा मस्त, कसैलाई कसैको परबाह छैन ।
ती बालिका हुन्, सीता गुरुङ । जो पूर्वसभासद् त हुन् नै, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पनि । उनका बुबा गाउँका चल्तापुर्जा नेता थिए । विभिन्न अप्ठ्यारोमा परेका गाउँलेहरू उनका घरमा आइरहन्थे । सीता ती सबैको अनुहारका पीडा नियाल्थिन् । महिलाले भोग्नुपर्ने समस्याबारे बुझ्थिन् । घरको माहोलै राजनीतिक भएकाले उनी पनि राजनीतिमै लागिन् । स्थानीय महिला समूह बनाएर जनचेतनात्मक अभियानमा सक्रिय भइन् । नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेकी उनी अब स्थापित नेत्री भइसकिन् ।
यो यात्रामा उनले देखेकी छन्– सामाजिक हिंसा त छँदै छ, महिलालाई परिवारभित्रै पनि सुख छैन । दोस्रो पटक पनि छोरी जन्माउने महिलालाई राम्ररी खान पनि दिँदैनथे मानिसहरू । सुत्केरी हुँदा पेटभरि मीठोमसिनो खान छोराकै आमा हुनुपर्ने । दिनभरि मरीमरी काम गर्ने महिला, अनि साँझ परेपछि रक्सीले मातेर आएको श्रीमान्को पिटाइ पनि उनीहरूले नै खेप्नुपर्ने । सीतालाई मनमनै लाग्थ्यो रे– यस्ता पुरुषहरूलाई ठीक पार्नुपर्छ ।
महिलाप्रतिको सामाजिक न्याय पनि पुरुषवादी हुन्थ्यो । निर्घात पिटाइ खाने श्रीमती अनि गाउँका भद्रभलाद्मीका सामुन्ने माफी पनि उनैले माग्नुपर्ने । ‘यस्तो पनि हुन्छ, न्याय पनि पुरुषवादी । जे गरे पनि पुरुष नै माथि हुने । मलाइ साह्रै पीडा हुन्थ्यो, यस्तो देखेर’, सीता सुनाउँछिन् ।
बिस्तारै गाउँका आमा, भाउजू, दिदी, बहिनी जम्मा परेर महिला समूह बनाईन् उनले । समूहको न्वारन गराइन्– महिला बिकास समाज तेह्रथुम । महिलाहरूलाई वाचा गराइन्– अब हामी आफैँले केहि गर्नुपर्छ, महिलालाई समस्या पर्दा
हेरेर बस्दैनौँ ।
महिलालाई मान्छे नै नगन्ने समाजको सिकार उनि पनि बनिन् । सहजता उनलाई पनि रहेन । महिला समानता र अधिकारका कुरा हिंसक सोच बोकेर महिलामाथि बहादुरी देखाउन पल्केका कसलाई पो सह्य हुन्थ्यो र ? रक्सी भट्टीदेखि गाउँभरि डढेलोभैँm हल्ला फैलियो– सीता गुरुङ गाउँको छोरी चेली बेच्ने अभियानमा लागेकी छे  । ‘यस्तो गम्भीर आरोप खेप्नुपर्दा नरमाइलो लाग्यो तर मैले नराम्रो काम गरेकी थिइनँ, त्यस कारण दृढ भएर अभियानमा लागिरहेँ’, उनी सुनाउँछिन् ।
यति बेला जताततै राजनीतिलाई भर्‍याङ बनाउने परीपाटी ब्यप्त छ । जनता र समुदायको कुरा पदमा पुगेपछि धरातल बिर्सने रोगले गाँजेको छ राजनीतिज्ञहरूलाई । तर, सीताचाहिँ आफू जनताप्रतिको दायित्वबाट विमुख नभएको दाबी गर्छिन्– ‘जुन समुदाय र परिवेशबाट यो ठाउँमा आएँ, उनीहरूका लागि आज पनि उत्तिकै चिन्तित छु ।’
अहिले पनि गाउँमा महिला एक्लै हिँड्न सक्ने अवस्था छैन, कुनै केटामान्छेलाई साथी लिएर हिँड्दा चरित्रमाथि प्रश्न उठाउने गर्छन् । ‘यो शिक्षा र जनचेतनाको कमीले भएको हो’ भन्छिन् । जब, महिला आफैँ आर्थिक रूपमा आत्मनिर्भर भएर आत्मनिर्णय गर्ने हैसियतमा पुग्छन्, तब उनीहरूको आत्मबल बढ्ने र सामाजिक रूपमा होचिनुपर्ने अवस्था घट्दै जाने उनलाई लाग्छ ।
त्यसो त थेह्रथुममा रहँदाको उनको बुझाइमा अहिले निकै परिमार्जन आइसकेको छ । श्रीमान्ले श्रीमती पिट्न छाडदैमा, महिला आफूखुसी हिँड्न सक्ने अवस्था बन्दैमा वा दुई–चार महिला सशक्त हुँदैमा आममहिलाका समस्या समाधान नहुने रहेछ । जबसम्म राज्यको नीति, नियम, कानुन महिलामैत्री हँुदैन, तबसम्म समाधान हुँदैन भन्ने राम्ररी बुझेकी छिन् । भन्छिन्– ‘जुन दिनसम्म राज्यको सबै नागरिकलाई समानरूपमा हेर्ने कानुन हुँदैन, तबसम्म महिलाले पूर्ण रूपमा अधिकार प्राप्त गर्न सक्दैनन् । सामाजिक कामले महिलालाई चेतना प्रदान गर्छ, तर राजनीतिक अधिकार स्थापित गर्ने मूल ठाउँ भनेको राजनीति नै हो ।’
देशको राष्ट्रिय राजनीतिमा महिलाको सहभागिता र सम्मानलाई उनी स्वभाविक मान्छिन् । तर, निर्णायक तहमा महिलालाई नपुर्‍याएसम्म समानताको कुरा कोरा नारा मात्र हुन्छ । मन, वचन र कर्मले महिलाको अधिकार स्थापित गर्न कुनै पनि राजनीतिक दल प्रतिबद्ध नरहेको उनले देखेकी छन् ।
‘राजनीतिक दलले जतिसुकै महिला समानता र सहभागिताको कुरा गरे पनि विश्वास गर्ने आधार छैन, दिनहुँजसो हुने शीर्ष नेताहरूको बैठकमा कुनै पनि दलले नेत्रीलाई सहभागी नगराउनु भनेकै महिलाप्रतिको अविश्वासको संकेत हो,’ उनले भनिन् । सीतालाई लाग्छ– ३३ प्रतिशत महिलाको अधिकार सबै ठाउँमा कार्यान्वयन भएको छैन् । निर्णय गराउन मात्र पनि महिलाले नै धेरै पापड बेल्नुपरेको थियो । अन्तरिम संविधानमा किटान नभएको भए संविधानसभामा पनि त्यो लागु हुँदैनथ्यो होला । ‘तेत्तीस प्रतिशत लागु नगरे पार्टीहरूले नै वैधानिकता नपाउने भनेकोले मात्र दलहरूले संविधानसभामा महिलालाई समेटेका हुन् । त्यसलाई अन्य संरचनामा पनि लागु गराउन अझ धेरै दवावको खाँचो छ सबैतिर महिलाको सम्मानजनक सहभागितालाई बाध्यकारी बनाउनुपर्छ’, सीताको धारणा ।
महिलालाई नेपालको राजनीतिक दलहरूले हेर्ने र गर्ने ब्यवहारको सवालमा गुरुङ भन्छन्– ‘सबै नेत्रीहरूले आ–आÏनो दलमा पार्टीको घोषणापत्र तेस्र्याएर अधिकार माग्नुपर्ने भएको छ ।’ घोषणापत्रमा ठूलाठूला कुरा लेख्ने तर कार्यान्वयन गर्ने बेलामा आलटाल गर्ने दलको स्वभावको आपैँm भुक्तभोगी रहेको उनी प्रस्ट्याउँछिन् । ‘अधिकारका लागि आवाज उठाउँदा पार्टीको ह्विप मानेन भन्ने । अनि चुपचाप पार्टीको कुरा मान्यो, महिलाहरू बोल्न सकेनन् भनेर समाचार आउने । हामी महिलाले जे गर्दा पनि सुख छैन,’ उनले अप्ठ्यारो सुनाइन् ।
त्यसो त महिलाका सबाललाई ध्यान नदिनुका पछाडि महिलाहरूबीचकै आपसी विश्वास र सम्मानको अभावलाई पनि कारण देख्छिन् उनी । एकले अर्को महिलालाई विश्वास र सहयोग गर्ने भावना नभएसम्म नेपाली महिलाको अवस्थामा उल्लेख प्रगति हुन नसक्ने उनी बताउँछिन् ।
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया