रासन बाँडेर जन्मदिन मनाइन् हिमानीले

काठमाडौ : पूर्वयुवराज्ञी हिमानी शाहले अनाथ बालबालिका र वृद्धवृद्धालाई रासन वितरण गरेर जन्मदिन मनाएकी छन् । काठमाडौमा सञ्चालित अनाथालय र वृद्धाश्रमका १ सय १० अनाथ बालबालिका र वृद्धवृद्धालाई एक महिना पुग्ने रासन वितरण गरेर उनले आफ्नो २७आँ स्थापना दिवस मनाएकी हुन् ।
शाहले सोमबार गुह्येश्वरी कुमारीगालमा रहेको प्रणवानन्द अनाथालयका बालबालिकालाई रासन वितरण गरिन् । यसअघि श्रीमान्सँग जन्मोत्सव मनाउँदै आएकी हिमानीले यसपटक श्रीमान्विनै आºनो जन्मोत्सव मनाएकी छन् । हिमानी ट्रस्टका नामबाट उनले नयाँबानेश्वरमा रहेको निसहाय सेवा सदनका वृद्धवृद्धालाई पनि एक महिना पुग्ने गरी रासन वितरण गरेको उनका सहयोगी फनिराज पाठकले बताए । उक्त वृद्धाश्रममा ४० जना छन् । वितरित सामग्रीमा चामल, दाल, चिनी, चियापत्ती रहेको पाठकले जानकारी दिए ।

प्रतिक्रिया