अध्यक्ष खनालद्वारा दुःख व्यक्त

काठमाडौं, १५ असोज । एमाले अध्यक्ष झलनाथ खनालले गृह जिल्ला इलाममा सोमबार राति पहिरोमा परेर भएको जनधनको क्षतिप्रति दुःख व्यक्ति गरेका छन् ।
खनालले आज विज्ञप्ति जारी गरेर पहिरोमा परेर बेपत्ता भएकाहरुको उद्दार छिटो गर्न आग्रह गरेका छन् । इलाममा पहिरोमा पाँच वटा सवारी साधन पुरिदा चारको जनाको मृत्यु भएको छ भने १४ यात्रु बेपत्ता छन् ।
‘मेची राजमार्गको स्तरलाई नियमित चेकजाँच तथा मर्मत सम्भार गर्ने कार्यलाई निरन्तरता दिन सरोकारवालाहरुसँग आग्रह गर्छु,’ उनले भनेका छन् ।

प्रतिक्रिया