जाजरकोटमा दुई छात्रा पढ्दा/पढ्दै बेहोश

जाजरकोट, १४ असोज । जाजरकोट जिल्लाको नायकवाडा–७ स्थित सरस्वती माध्यामिक विद्यालयमा अध्ययनरत दुई छात्रा आज पढ्दा पढ्दै वेहोश भएका छन् ।
विद्यालयमा पठन/पाठन सञ्चालन भईरहेका समयमा मध्यान्ह साढे १२ बजे कक्षा ९ मा अध्ययनरत १५ वर्षीया धना रावत र कक्षा सातमा अध्ययनर ११ वर्षीया विष्णु नेपाली बेहोश भएको प्रधानाध्यापक मानबहादुर सिंहले जानकारी दिए ।
बेहोस भएका छात्रामा हात काँप्ने, रिङगाटा लाग्ने, रुने, कराउने जस्ता लक्षण देखिएको छ । सो लक्षण देखिए लगत्तै उनीहरु बेहोश भएको सिंहले बताए ।
उनीहरुलाई उपचारका लागि उपस्वास्थ्य चौकी सिलिङ्गे लगिएको छ ।
केही समय यता जाजरकोटका विभिन्न विद्यालयहरुमा छात्रामा बेहोश हुनेलगायतका अनौठो विरामी देखा परेको छ । छात्रा बेहोस हुन थालेपछि विद्यालयहरुका पठन/पाठन प्रभावित हुँदै आएको छ ।
उनीहरुमा देखिएको समस्या ‘मास हिस्टोरीया’ हुनसक्ने स्वास्थ्यकर्मीहरुको अनुमान छ ।

प्रतिक्रिया