राष्ट्रपतिले दलहरुलाई चिया मात्रै खुवाए

काठमाडौं, १३ असोज । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिले मुलुकलाई निकास दिनुको साटो दलहरुलाई बोलाएर चिया खुवाउने कार्य मात्रै गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले भने, ‘राष्ट्रपतिले दलहरुलाई निश्चित समय दिएर निकासका लागि अल्टिमेटम दिनु पर्छ ।’
एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञावलीले राष्ट्रपतिले विवादमा पर्न नहुने जनाए । उनले दलहरुसँगको बैठकमा मिलेर मुलुकलाई निकास दिने समयसीमा सहितको अल्टिमेटम राष्ट्रपतिले दिनै पर्ने बताए ।
नेकपा–माओवादीका पोलिटब्यूरो सदस्य नारायण शर्मा पौडेलले राष्ट्रियता नहुने सरकार एक मिनट पनि सत्तामा रहन नहुने बताए । उनले बाबुराम भट्टराई नेतृत्को सरकार आफूहरुले आन्दोलनबाटै ढाल्ने दावी गरे ।
दाङमा अपरिचित युवकको मृत्यु
दाङ, १३ असोज । दाङमा अचेत अवस्थामा फेला परेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।
शुक्रवार राति अचेत अवस्थामा फेला परेका परिचय नखुलेका युवकको उपचारका क्रममा मृत्यु भएको हो ।
नारायणपुर–४, सौडीमा अचेत अवस्थामा फेलाका मृतकको उमेर अन्दाजी ३५ वर्षको रहेको प्रहरीले जनाएको छ ।
नाम ठेगाना खुल्न नसकेका उनको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा शव पोष्टमाटम गरेर राखिएको जिल्ला जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ ।

प्रतिक्रिया