राष्ट्रियता आन्दोलनको अर्थ छैनः प्रम. पत्नि यमी

काठमाडौं, १३ असोज । प्रधानमन्त्री बाबुराम भट्टराईकी पत्नि हिसिला यमीले नेकपा–माओवादीद्वारा गरिएको राष्ट्रियता सम्बन्धी आन्दोलनको कुनै अर्थ नरहेको टिप्पणी गरेकी छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले राष्ट्रिय स्वाधिनताको आन्दोलन मुलुकलाई अहिले आवश्यक नरहेको दाबी गरिन् । उनले भनिन्, ‘नेकपा–माओवादीले शुरु गरेको राष्ट्रिय स्वाधिनताको आन्दोलनको कुनै अर्थ छैन ।’
उनले दलहरुका बीच नयाँ निर्वाचनमा सहमति भईसकेको भन्दै सहमतिमा निर्वाचन टुङगो लगाउनु पर्ने बताईन ।

प्रतिक्रिया