भट्टराईको बहिर्गमन पहिलो सर्तः सिंह

काठमाडौं, १३ असोज । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले मुलुकलाई निकास दिन कामचलाउ सरकारको सहज बहिर्गमन पहिलो सर्त रहेको दोहराएका छन् ।
काठमाडौंको कपनमा आज आयोजित कांग्रेसको क्षेत्रीय सम्मेलनमा सिंहले भट्टराई सरकार विस्थापित भए पछि मात्रै मुलुकले निकास पाउने बताए । ‘मुलुकलाई निकास दिन वर्तमान सरकार हटाउनै पर्छ,’ उनले भने, ‘बाबुराम भट्टराई नेतृत्वको सरकार निकासका लागि बाधक बनेको छ ।’
उनले भट्टराईको वहिर्गमनसँगै सहमतिको राष्ट्रिय सरकार कांग्रेस नेतृत्वमा बनाउनु पर्ने उल्लेख गरे ।
यसैबीच, महामन्त्री सिंहले सभापति सुशील कोइराला माथि कपनमा भएको आक्रमण प्रयासको छानविन गर्ने बताए । उनले आक्रमणमा संलग्नहरुलाई कारबाही गर्ने चेतवानी समेत दिए ।
सभापति कोइरालालाई सम्मेलनमा कांग्रेसकै समर्थकद्वारा आक्रमणको प्रयास भएको थियो ।

प्रतिक्रिया