प्रेमिकाको मृत्यु, प्रेमी असक्त

मोरङ, १२ असोज । बिराटनगरमा बिष सेवनबाट प्रेमिकाको मृत्यु भएको छ भने प्रेमी गम्भीर विरामी परेका छन् ।
सुनसरी जिल्लाको दुहवी–५ बस्ने १९ बर्षीया सरस्वती माझीको बिष सेवनका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।
माझीसँगै रहेका इलाका प्रहरी कार्यालय दुहवी सुनसरीमा कार्यरत प्रहरी जवान रामकुमार चौधरी भने असक्त अवस्थामा फेला परेका थिए । प्रेमी र प्रेमिकाबीच मनमुटाव भएपछि दुबैले सँगै बिष सेवन गरेको प्रहरी अनुमान छ ।
उनीहरु बिहीबार बिराटनगर उपमहानगरपालिका–३ स्थित सुपर गोरखा होटल एण्ड लजमा बसेका थिए ।
उनीहरुले कोठा नखोले पछि शंका लागेर होटल साहुले जिल्ला प्रहरी कार्यालय मोरङमा जानकारी गराएका थिए । प्रहरी टोलीले ढोका फोडेर हेर्दा माझीलाई मृत र चौधरीलाई बेहोस अवस्थामा फेला पारेको प्रहरी भनाई छ ।
असक्त प्रहरी जवान चौधरीलाई थप उपचारका लागि धरानस्थित घोपा अस्पताल लगिएको छ । उनीहरुले ‘रोगोन’ नामक बिषादी सेवन गरेको अनुसन्धनबाट खुलेको छ । (तस्विर गुगल)
सर्टगनको गोली छातीमा
यता, काठमाडौंमा प्रहरी जवान राजेश रोक्काले डिउटीका लागि बुझेको सर्टगनले आफैलाई गोली प्रहार गरेका छन् ।
आफैले गोली प्रहार गरेर र्घाइते रोक्काको उपचारका क्रममा मृत्यु भएको हो । माहानगरीय प्रहरी बृत्त बालाजु दरवन्दी रहेका रोक्काको घर काठमाडौंकै डाँछी–८ मा पर्छ ।
प्रहरी जवान रोक्काले क्यू.आर.टी.डिउटीका क्रममा आफूसँग रहेको सटगनले कार्यालयको छतमा गई छातीमा १ राउण्ड गोली फायर गरेको प्रहरीले जनाएको छ ।
प्रहरी जवानलाई हातपात
यसैबीच, काठमाडौंमा डिउटीमा रहेका प्रहरी जवान अबधेश रायलाई हातपात गर्ने रामेछापका धनेश्वर श्रेष्ठलाई प्रहरीले प्रक्रउ गरेको छ ।
कुलेश्वरमा बिहीबार सवारी जाम हटाउने क्रममा बा.३३ प २६०५ नम्वरको मोटरसाइकल पछाडी बसी आएका बौद्ध बस्ने रामेछाप, पकरवास–५ का २६ बर्षीय श्रेष्ठले प्रहरीलाई हातपात गरेका थिए ।
मट्टितेल खन्याएर…..
उता, रुपन्देहीमा एक बालिकाले आफ्नै शरीरमा मट्टितेल छर्केर आगो लगाउँदा मृत्यु भएको छ ।
आन्तरिक विवाद पछि असन्तुष्ट वोगडी–३ बस्ने १५ बर्षीया सीता चौधरीले बिहीबार शरीरमा आफैले मट्टितेल खन्याएर आगो लगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया