कौटिल्या समूहले हतियार बुझायो

नेपालगञ्ज, १२ असोज । सरकारसँग भएको सम्झौता अनुसार तराईमा सशस्त्र गतिबिधी गर्दै आएको संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा (कौटिल्या समुह)ले आज आफ्ना हतियार जिल्ला प्रशासन कार्यालय बाँकेमा बुझाएको छ ।
कौटिल्या समूहका अध्यक्ष समेत रहेका बार्ता टोली संयोजक संजयकुमार गुप्ताले प्रमुख जिल्ला अधिकारी ढुण्डीराज पोखरेललाई पेस्तोलसहितका गोली बुझाएका हुन् ।
पूर्व सहमति अनुसार हतियार बुझाएको सो समूहले जनाएको छ ।

प्रतिक्रिया