सात सय पचहत्तार किलो गाँजा बरामद

हेटौंडा, १२ असोज । मकवानपुर जिल्लामा प्रहरीले सात सय पचहत्तर किलो लागूऔषध गाँजा बरामद गरेको छ ।
काठमाडौंबाट काँकडभिट्टातर्पm जादै गरेको ना ३ ख ७३७२ नम्बरको रात्रिबसलाई बसपार्कमा चेकजाँच गर्ने क्रममा चार सय किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले बसका चालकमा मकवानपुर बसामाडी–१ बस्ने २५ वर्षीय चक्रमान स्याङ्तान र सहचालकमा टिस्टुङ–५ का कृष्णबहादुर गोलेलाई पक्राउ गरेको छ ।
यसैबीच, हेटौंडा–नारायणघाट राजमार्गअन्तर्गत ज्यामिरे जङ्गलमा लुकाइराखिएको ३ सय ७५ किलो गाँजा प्रहरीले नियन्त्रणमा लिएको छ ।
गस्तीमा रहेको प्रहरी टोलीले आज बिहान गाँजा बरामद गरेको मनहरि इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया