सिरियामा एकैदिन तीनसय मारिए

बेरुत : सिरियामा जारी राष्ट्रपति बसर अल असदविरोधी आन्दोलनमा बुधबारमात्रै ३ सय ५ भन्दा बढीको मृत्यु भएको छ । सिरियाका विभिन्न सहरमा भएका आक्रमण तथा विस्फोटमा परी उनीहरूको मृत्यु भएको हो ।
सरकारी सेनाले अलेप्पोलगायत सहरमा आक्रमण जारी राखेको समाचारमा उल्लेख छ । सिरियामा सन् २०११ को मार्चबाट राष्ट्रपति असदको राजीनामा माग गर्दै सुरु भएको आन्दोलनमा एकै दिनमा पहिलोपटक तीन सय पाँचभन्दा बढीको मृत्यु भएको समाचारले अन्तर्राष्ट्रिय समुदायलाई स्तब्ध बनाएको छ । मारिनेमध्ये एक सय ९९ सर्वसाधारण नागरिक भएको बेलायतसँग आबद्ध मानवअधिकारवादीले जनाएका छन् । (एएफपी)

प्रतिक्रिया