लोकतान्त्रिक फोरम र परिषद्बीच एकता हुने

काठमाडौं, ११ असोज । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) र संघीय समाजवादी आन्दोलन क्रान्तिकारी राष्ट्रिय परिषद्बीच पार्टी एकताका लागि सैद्धान्तिक सहमति भएको छ ।
लोकतान्त्रिक फोरम र परिषद्ले आज राजधानीमा संयुक्त पत्रकार सम्मेलन गरेर पार्टी एकता गर्ने सहमति भएको जनाकारी दिए ।
संविधानसभाबाट पहिचानसहितको अधिकारसम्पन्न संघीयता स्थापित गर्न दुबै दल एकीकरण हुन लागेको फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदारले जानकारी दिए ।
परिषद्का संयोजक सञ्जुहाङ पालुङवाले नेपाली समाजमा विद्यमान जातीय, क्षेत्रीय, वर्गीय, लैङ्गीक, भाषिक, सांस्कृतिक विषयलाई स्थापित गर्न एकीकरण गर्न लागेको बताए ।

प्रतिक्रिया