भारतीय नम्वरका गाडी र चलचित्रमा अबरोध

काठमाडौं, ११ असोज । नेकपा–माओवादीले आज देखि भारतीय नम्वर प्लेटका सवारी साधन र चलचित्रको प्रदर्शनमा रोक लगाएको छ ।
मुलुक भरि भारतीय नम्वर प्लेटका सवारी साधनलाई रोक लगाएको नेकपा–माओवादीका प्रवक्ता पम्फा भुसालले जानकारी दिईन । उनले भनिन्, ‘राष्ट्रियता र असमानतामा विभेद भएपछि भारतीय चलचित्र र सवारी साधनमा अबरोध गरेका हौं ।’
नेकपा–माओवादीले अबरोध पुराउने जनाए पछि भारतीय नम्वर प्लेटका सवारी साधनको आवागमनमा केही प्रभाव पर्न शुरु गरेको प्रहरीले जनाएको छ ।
त्यसै गरेर भारतीय चलचित्रहरु पनि केही सिनेमा हलहरुमा चलेका छैनन् । यद्यपी राजधानीका अधिकांस हलमा नेकपा–माओवादीको उर्दीको खासै प्रभाव परेको छैन । हल सञ्चालकहरुले एघार बजे सम्म हिन्दी चलचित्र सञ्चालन गरेको बताए ।
काठमाडौंको गोपीकृष्ण हलमा भने हिन्दी चलचित्रहरु निर्वाधरुपमा सञ्चालनमा रहेका छन् । हलका म्यानेजर प्रदीप दाहालका अनुसार आफूहरुले एघार बजे सम्म हिन्दी चलचित्रहरुलाई हलबाट नउतारेको बताए ।

प्रतिक्रिया