हिन्दी गीत र भारतीय च्यानलको प्रसारण बन्द

चितवन : नेकपा–माओवादीले हिन्दी गीत, चलचित्र र च्यानल प्रसारणमा रोक लगाएको छ । यहाँका एफएम रेडियोले हिन्दी गीत बजाउन छाडेका छन् भने स्थानीय केबल सेवाप्रदायकले भारतीय च्यानलको प्रसारण बन्द गरेका छन् ।
चितवनसहित ‘ताम्सालिङ राज्य’अन्तर्गतका मकवानपुर, धादिङ, काभ्रे, सिन्धुपाल्चोक, रसुवालगायत १० जिल्लामा हिन्दी गीत प्रसारण तथा भारतीय गाडी र भारतीय च्यानल सञ्चालनमा रोक लगाइएको माओवादीले जनाएको छ । सबै सञ्चारमाध्यममा पुगेर माओवादी टोलीले हिन्दी गीत प्रसारण र चलचित्र प्रदर्शन बन्द गर्न हलवालासित आग्रह गरेको थियो ।
माओवादी जिल्ला नेता नारायण शर्माले भारतीय गाडीले नेपालको कृषि बजारलाई प्रभाव पार्ने गरी ओसारपसार गरिरहेको र यसबाट स्वदेशी उत्पादन खेर गइरहेकाले नियन्त्रणका लागि गाडी सञ्चालनमा रोक लगाइएको बताए । शर्माका अनुसार नारायणगढको पुल्चोकमा ४ वटा र चैनपुरमा ४ वटा भारतीय गाडी रोकिएको छ । यो अभियान दुई महिनासम्म चल्ने माओवादीले जनाएको छ । माओवादीले भन्सारबाट हरियो प्लेट लगाएर आएका गाडीलाई भने चल्न दिएको छ । (सौस)

प्रतिक्रिया