तीन घन्टा कुराएपछि ‘धन्यवाद’

पोखरा : पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार पत्रकारहरूलाई करिब तीन घन्टा कुराएर ‘धन्यवाद’ दिएका छन् । उनको स्वागतका लागि गठित स्वागत समितिले साढे ११ बजेको समय तोकेर बिहानको खानासहित भेटघाट कार्यक्रम भन्दै पत्रकारलाई बोलाएका थिए । पूर्वराजाले पत्रकारलाई धार्मिक भ्रमण र वर्तमान अवस्थाका बारेमा केही बताउने आसययुक्त निमन्त्रणा पाएका पत्रकार निर्धारित समयभन्दा छिटै पुगेका थिए ।
बोलाइएको स्थल लेक साइडस्थित माउन्ट कैलाश रिसोर्ट पुगेका पत्रकार ३ बजेसम्म पूर्वराजाले समर्थकलाई भेटेको र कानेखुसी गरेको टुलुटुलु हेरेरै बिताउन बाध्य भए । करिब तीन घन्टाको प्रतीक्षापछि पत्रकारसँग नभेट्ने हो भने निस्कनुपर्‍यो भनेर पत्रकार सल्बलाउन थालेपछि अब छिट्टै भेट्ने भन्दै राप्रपा नेपालका केन्द्रीय सदस्य कमला शर्माले पत्रकारलाई रोकेकी थिइन् । त्यसपछि कास्कीका समर्थकको भेट चल्दाचल्दै रोकेर पूर्वराजाले पत्रकारलाई समय दिए र भने, ‘मेरो भ्रमणको आयोजकलाई धन्यवाद, स्थानीय जनतालाई धन्यवाद, मेरो भ्रमणमा समाचार लेख्न दौडने तपाईं सबै पत्रकारलाई धन्यवाद, सुरक्षाकर्मीलाई धन्यवाद, मैले भन्ने कुरा केही छैन, सबै तपाईंहरू आपैँm सुनिरहनुभएको छ । ‘धन्यवाद †’ (सौस)

प्रतिक्रिया