नेताहरुका कारण बजेटमा समस्याः मन्त्री त्रिपाठी

काठमाडौं, ९ असोज । भौतिक योजना, निर्माण तथा यातायात व्यवस्था मन्त्री हृदयेश त्रिपाठीले सरकारसँग मंसिर महिना सम्म कर्मचारीको तलब बाड्न मात्रै रकम बाँकी रहेको बताएका छन् ।

काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले तलब बाँड्ने बाहेक कुनै पनि विकास निर्माण कार्य गर्ने अवस्थामा सरकार नहरेको बताए । उनले भने, ‘पूर्ण बजेटको अभावमा मंसिरदेखि तलब खुवाउन पनि समस्या पर्ने छ ।’
प्रमुख दलका नेताहरु आफ्नो कुर्सी बचाउन मात्र ब्यस्त भएकाले पूर्ण बजेट आउन नसकेको मन्त्री त्रिपाठीको आरोप थियो । उनले भने, ‘जाड रक्सी खाएर झगडा गर्ने श्रीमान÷श्रीमती जस्ता नेताहरु भएकाले मुलुकको आर्थिक अवस्था ध्वस्त बनेको छ ।’ उनले सरकार पूर्ण बजेट ल्याउने पक्षमा रहेको समेत उल्लेख गरे ।

प्रतिक्रिया