त्रिभुवन विश्वविद्यालय र राजनीतिक भागबन्डा

देशको सबैभन्दा जेठो र गौरवशाली विश्वविद्यालय राजनीतिक भागबन्डा र त्यसभित्र मौलाउँदै गएको अनियमितता र भ्रष्टाचारबाट आक्रान्त हुँदै गएको छ । दोस्रो जनआन्दोलनपछि प्रतिगमनको खतरालाई टार्न सबै राजनीतिक दलबीचको एकता अपरिहार्य सम्झिएको थियो । स्व. गिरिजाप्रसाद कोइरालाले अन्तिम क्षणसम्म पनि ‘सहमति, सहकार्य र एकता’ को रटान लगाइरहे । सोही सहमतिका नाममा त्रिविभित्रका सबै नेतृत्वदायी पद पार्टीगत बाँडफाँडको लहरमा पसे । उद्देश्य त त्यस समयमा रामै्र लिइएको थियो होला, सबै अग्रगमनका पक्षधर पार्टीहरू एक भएपछि लोकतन्त्र, गणतन्त्र सुस्थिर हुन्छ भन्ने पनि सोचिएको थियो होला । तर, त्यस्तो भएन । तारानाथ शर्माले भनेभैँm सेक्सपियरका वियोगान्त नाटकहरूमा सुरुवातको समय सबै कुरा ठीक–ठाक हुन्छन्, असल पक्षकै बोलवाला हुन्छ, यत्तिकैमा कता–कताबाट खराब कुरो सुटुक्क छिर्छ, त्यो बढ्दै जान्छ, सब तबाह गर्छ । यस्तै भइरहेको छ, त्रिभुवन विश्वविद्यालयमा । सुरुमा पार्टी–पार्टीबीचको सहमतिको विषय यो थियो, अब पार्टीभित्रका गुटहरूको स्वार्थपूर्तिको माध्यम यो बनेको छ । एउटा गुटको पुच्छर समातेर वैतरणी तर्ने साधना गरिरहेका छन् विज्ञ प्राध्यापकहरू, आफूलाई देशको अभियन्ता भन्न रुचाउनेहरू । वर्तमान उपकुलपति प्रा.डा. हीराबहादुर महर्जन यस्तै गाईजात्रा हेरेर बस्न बाध्य छन् । आफ्नो कार्यकारी अधिकार प्रयोग गर्न नसक्ने अवस्थामा पुर्‍याइएको छ उनलाई । कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेभैँm भएको छ, केही आंगिक क्याम्पसका प्रमुखहरूको नियुक्ति । महेन्द्र मोरङ क्याम्पस, विराटनगरमा कांग्रेसको भागमा परेको नाममा उप–प्राध्यापक सरोज चौधरीलाई प्रमुख बनाइएको छ । यसको भित्री रहस्य आर्थिक चलखेल हुनसक्नेमा आशंका व्याप्त छ । वीरेन्द्र बहुमुखी क्याम्पस, चितवनमा उप–कुलपति स्वयंलाई झुक्याएर विद्यावारिधि र सह–प्राध्यापक भनीकन उप–प्राध्यापक केशवदत्त सापकोटालाई क्याम्पस प्रमुख बनाइएको छ । शिक्षाध्यक्ष गुणनिधि न्यौपाने तराईका जनमानसले भन्ने गर्ने उपाधि ‘ऐनची’ को पनि ऐनची सावित भएका छन् । प्रधानमन्त्री डा. बाबुराम भट्टराई खुसी पार्ने बहानामा विज्ञान संकायको डिनमा उनकी आफन्त चिरिकशोभा वज्राचार्यलाई नियुक्त गरिएको छ । ‘जस्तो आफू त्यस्तै च्याँपु’ उखान चरितार्थ गरेका छन्, गुणनिधि न्यौपानेले । उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रार भागबन्डामा नियुक्त गरिए पनि घटीमा प्रा.डा. हुनुपर्ने भद्र सहमतिको ठाडो अवज्ञा गर्दै प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष उनी आफ्नो नाम आफैँ सिफारिस गरेर शिक्षाध्यक्ष भए । उनलाई त्यो पद ‘बोकाको मुखको कुभिन्डो’ सावित भएको छ । तसर्थ, नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) मा आफूजस्तै विनाविद्यावारिधिका, कारिन्दाबाट जागिर सुरु गरी प्रजातन्त्र प्राप्तिपछि उप–प्राध्यापक बनेका, अनुसन्धानका बारेमा केही पनि नजान्ने र अंग्रेजीमा साधारण बोलीचालीमा समेत असक्षम एक व्यक्तिलाई निर्देशक बनाउन ज्यान छाडेर लागेका छन् ।
त्रिविका चारवटा अनुसन्धान केन्द्र यसका चार गहना हुन् भन्नु कुनै अत्युक्ति हुनेछैन । अध्ययन, अनुसन्धान र खोजबिन गरी सत्यतथ्य उजागर गर्ने तथा राष्ट्रनिर्माणमा योगदान पुर्‍याउने ती संस्थामा विद्यावारिधि तह (जुन अनुसन्धान क्षेत्रको प्रारम्भिक खुड्किलो हो) पूरा नगरेकालाई सामान्यत: निर्देशक बनाउने गरिँदैन । अपवाद स्वरूप, विशेष कार्यदक्षता भएकाहरूको सवालमा अलग कुरा हो । आफ्नो मान्छे नै नभएको भन्ने निहुँ पारी माओवादीले आर्थिक विकास तथा प्रशासन केन्द्र (सेडा) मा उप–प्राध्यापक भरत पोखरेललाई निर्देशक बनाउन लगायो । सबैजसो विद्यावारिधिहरूका बीचमा आफूजस्तो विनाविद्यावारिधि, विनाप्राध्यापक पदको व्यक्ति निर्देशक बन्न पाउँदा भरत पोखरेल के भित्री अन्तरआत्मादेखि नै खुसी भएका थिए होलान् कि नहोलान् ? विचरालाई पहिले मागिहालियो, पाइयो पनि खाइहालियो तर पचेन भन्ने पो लागिरहन्थ्यो कि मनमा कहीँ कतै ? यो उनैले जान्ने कुरा हो । कट्टर भौतिकवादी आध्यात्मिक विचारधाराअनुसारको प्रायश्चित त गर्दैनन् नै होला । यसैलाई नजिर मान्दै नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) जस्तो त्रिविअन्तर्गतको एउटै मात्र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त अनुसन्धान संस्थामा विनाअनुसन्धान विशेषज्ञताका व्यक्तिलाई निर्देशक बनाउने षड्यन्त्र भइरहेको छ । उनलाई अघिल्ला निर्देशकले प्रशासन, कर्मचारी र गार्ड पियनको हुलको व्यवस्थापनका निम्ति उपनिर्देशक बनाए । तात्कालिक निर्देशक प्राय: कांग्रेसी राजनीतिमा व्यस्त रहने गर्दथे । यहाँसम्म कि कांग्रेसको महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका व्यक्ति हुन् उनी । आÏनो कार्यव्यस्तता (?) का कारणले अफिसमा सघाउ पुग्छ भन्ने ध्येयले आफूले भनेको टेर्ने तर बाऽय सम्पर्क हुँदै नभएका यी व्यक्तिलाई तिनले उपनिर्देशक बनाए । ‘सिनास’ को निर्देशक पद विदेशी अनुसन्धातासँग सम्पर्क गरिरहनुपर्ने, अनुसन्धान परियोजनाहरू प्राप्त गर्नका लागि सर्वत्र पुगिरहनुपर्ने भएकाले व्यस्त हुनुपर्ने अवस्था रहन्छ, सक्षम व्यक्ति यो पदमा बहाल भयो भने । कार्यालयभित्रको प्रशासनिक कार्यहरू निप्ट्याउनका लागि उपनिर्देशक पद राखिदिँदा राम्रै त भयो । तर, त्यस किसिमका कार्यहरू सिनासमा हुन सकेनन् । र, अन्तिममा आÏनो कार्यकाल सकिनुभन्दा दुई घन्टाअघि तिनै उपनिर्देशकलाई निमित्त लेखिदिएर अक्षम्य गल्ती गरे पूर्वनिर्देशकले । निमित्त निर्देशक त भइसकेँ, अब मै निर्देशक हुनुपर्छ भन्ने तिनको दाबी रहेको छ । तर, यसका लागि आवश्यक प्राज्ञिक अनुभव र शिक्षा पनि यिनीसँग छैन । यस कुरालाई मलजल गर्न पछाडिको ढोकाबाट सिनास छिरेका, आÏनै स्नातकोत्तर र विद्यावारिधि तहको अनुसन्धान प्रतिवेदन सिनासकै पुस्तकालयमा बुझाउन गाह्रो मान्दै आएका एक उप–प्राध्यापक ज्यान छाडेर लागेका छन् । पूर्वनिर्देशकको अनुकम्पाबाट अनुसन्धानका गतिविधि नै नगरी चलिरहेको परियोजनाबाट पैसा मात्र खाइरहेका ती व्यक्तिलाई आÏनो परियोजनाबाट राष्ट्र निर्माणमा के कस्तो प्रभाव पर्दछ केही पनि थाहा छैन । सिनास उनका लागि दुहुनो गाई सावित भएको छ । वास्तवमा पूर्वनिर्देशकको अक्षमताका कारण भ्रष्ट प्रवृत्ति साथ समाजशास्त्रका यी उप–प्राध्यापकले गुट बनाई सिनास कब्जा गरिरहेका छन्, विगत ३/४ वर्षदेखि । यिनलाई ‘सिनास’को विगतको गौरवमय छविको सामान्य ज्ञानसमेत छैन र लिन पनि चाहन्नन् । आफूभन्दा अग्रजहरूसँग तमिजले कुरासमेत गर्दैनन् । विद्यार्थीको हुल आÏनो कोठामा ल्याएर हल्लाखल्लामा नै दिन बित्ने गर्छ । स्तरीय अनुसन्धानतर्फ उन्मुख हुनै नचाहनु त उनको जन्मजात गुण नै भयो । कांग्रेसहरूले विनाकाम बिपीको, कम्युनिस्टहरूले पुष्पलालको नाम भजाएका छन् र खाएका छन् अहिलेको नेपालमा । तिनको दु:ख, दर्द र दृष्टिकोण ‘गइल् भैँस पानीमेँ’ भएको छ वर्तमान समयमा । यही हाल बेहोरिरहेको छ सिनास, अघिल्ला निर्देशक यज्ञप्रसाद अधिकारीले भर्ना गरेका भाडाका जागिरदारहरूको समय कटाउ पैसा पचाउ अड्डा भइरहेको छ यो । सिनासजस्तो २/४ सय त विदेशी विद्वान्हरू नै सम्बन्ध भइसकेको संस्थामा अयोग्यता र स्वार्थी गुटगत लठैतपनको, पाले–पियनका टहरा र झ्यालपर्दा बनाउने तथा पियन, पाले, बगैँचे र प्रशासनिक कर्मचारीको हुलको नाइकेका रूपमा काम मात्र गर्नेखालका व्यक्तिलाई कार्यकारी निर्देशक बनाउने चालमा व्यस्त छन््, आपैँm विद्यावारिधि नगरेका शिक्षाध्यक्ष गुणनिधि न्यौपाने ।
कुनै समय ‘सिनास’ मा प्रा.डा. प्रयागराज शर्मा, प्रा. डोरबहादुर विष्ट आदि निर्देशक थिए । नेपालमा प्रथम मानवशास्त्री डोरबहादुरको योगदान अतुलनीय छ, त्यस क्षेत्रमा । भनिन्छ, मानवशास्त्रमा रुचि राख्ने र नेपाल आउन चाहने हरेक विदेशीले उनको पुस्तक ुाबतबष्किm बलम म्भखभयिऊभलतु पढेको हुन्छ वा त्यसका बारेमा सुनेको हुन्छ । उनी औपचारिक रूपमा विद्यावारिधि त थिएनन् तर त्योभन्दा सयौँ गुणा माथिको उनको प्राज्ञिक कद थियो । उनैले काम परेका बखत काम गर्नु नत्र हाजिर गर्नु र पढ्न जानु भनी होलोखुकुलो पारी धेरैलाई स्नातकोत्तर गराइदिए । तिनैमध्येमा सबैभन्दा कमजोर विद्यार्थी पर्छन्, अहिले निर्देशक बन्न धाइरहेका व्यक्ति पनि । आजको स्थिति सन् १९९० को जस्तो होइन । निजी उच्चमावि र क्याम्पसको धुइरो लागेको छ, स्तरीय शिक्षाका नाममा । त्रिविका आंगिक क्याम्पसहरूमा राजनीति हुने गर्छ, पढाइ हुँदैन । प्राध्यापकको जागिर त्रिविको खाने अनि मनसा, वचसा, कर्मणा आफूद्वारा खोलिएका निजी क्याम्पसको स्तरोन्नतिका लागि मात्र लागिपर्छन् । विश्वविद्यालय निकृष्ट भागबन्डाको खेलमैदान मात्रै भएको छ । यो वैरागलाग्दो अवस्थाबाट दातासमेत आजित भइसकेका छन् । अहिले त्रिविभित्र करार सेवामा १८ सय उप–प्राध्यापक छन् । तीमध्ये घटीमा ५० प्रतिशत प्रतिस्पर्धामा भाग लिनसमेत अयोग्य छन् । ती करार सबैलाई विशेष विज्ञापन गरी स्थायी गराउन शिक्षाध्यक्ष र रजिस्ट्रार लागिपरेका छन् । यसको भित्री रहस्य पैसाको चलखेल हुनसक्छ । लाटाले पनि बुझ्ने कुरा हो यो । ती सबै करारलाई स्थायी गराएपछि नयाँ र सक्षम जनशक्तिले ठाउँ नै पाउने छैनन् । यसर्थ, सबै पदमा खुला विज्ञापन गराउनुपर्छ । त्रिवि सेवा आयोगका अध्यक्ष र पाठ्यपुस्तक मात्रै लेखी प्राध्यापक बन्न सक्षम भएका सदस्यलाई भगवान्ले सद्बुद्धि दिऊन्, यस सवालमा । विश्वविद्यालयजस्तो प्राज्ञिक विवाद बहसको थलोमा आफ्ना मान्छे भन्दै भ्यागुताको धार्नी मात्रै पुर्‍याउँदै गरिए समग्र देशकै गतिशून्य हुन्छ । क्रमश: देश ‘हाइटी’ को नियतितर्फ धकेलिनेछ । निष्पक्षता र दूरदर्शी दृष्टिकोण निर्माणका लागि त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीको आमरण अनसन र त्यसले निम्त्याएको सकारात्मक लहर स्मरणीय छ । के अब योग्य र विशिष्टता भएको व्यक्ति नियुक्तिका लागि आमरण अनसन नै गर्दै/गराउँदै जाने हो नेपालमा ?

प्रतिक्रिया