साकिरा गर्भवती

लस एन्जेलस : चर्चित पप गायिका साकिरा आमा बन्ने भएकी छन् । जेरार्ड पिकसँग विवाह गरेकी साकिराले पहिलो सन्तान जन्माउन लागेकी हुन् । २५ वर्षीय जेरार्ड विश्वचर्चित फुटबल क्लब बार्सिलोनाका खेलाडी हुन् । यो जोडी दुई वर्षदेखि सँगै छ ।
साकिरा जेरार्डभन्दा दस वर्ष जेठी छिन् । साकिराले आफ्नो पर्सनल वेबसाइटमा आफू गर्भवती रहेको पुष्टि गरेकी हुन् । सोही कारण केही समयका लागि सबै कार्यक्रम स्थगित गरेको उनले उल्लेख गरेकी छन् । ‘यो जीवनको महत्त्वपूर्ण क्षण हो, त्यसैले कामलाई भन्दा पनि यसैलाई प्राथमिकता दिएकी छु,’ उनले एजेन्सीलाई भनिन् । गर्भवती अवस्थाकै कारण उनले भेगासमा आयोजना हुने आइहाट रेडियो म्युजिक समारोहमा सहभागिता जनाउने सम्भावना पनि कम भएको एजेन्सीले जनाएको छ । (एजेन्सी)

प्रतिक्रिया