खोजखबर

बाँदरलाई गोली हान्दा पत्नीको मृत्यु

सौर्य अनलाइन २०६९ असोज ७ गते १२:२० मा प्रकाशित

रुकुम, ७ असोज । रुकुम जिल्लामा बाँदर ठानेर गोली चलाउँदा आफ्नै पत्नीको मृत्यु भएको छ ।
रुकुमकोट–१ बस्ने ६३ बर्षीय बेदप्रसाद पुनले शनिबार बाँदर भनी भरुवा बन्दुक पड्काउँदा कुवामा पानी भर्न गएकी ५२ वर्षीया पत्नी बसन्ती पुनको गोली लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनलाई भरुवा बन्दुक सहित पक्राउ गरेको छ । उनले बाँदर ठानेर गोली चलाउँदा पत्नीलाई लागेको बयान प्रहरी समक्ष दिएका छन् ।
यसैबीच, दाङको हापुर–९, सिमलखुरीका ८३ बर्षीय हिमाल बस्नेतको चक्कु प्रहारबाट मृत्यु भएको छ । शनिबार राति उनलाई अपरिचित व्यक्तिहरुले चक्कु प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । छुरा प्रहार गर्ने समूहको खोजी कार्य जारी रहेको प्रहरी भनाई छ । तस्विर गुगल

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय