चार खेलकुद पत्रकार कारबाहीमा

काठमाडौं, ७ असोज । नेपाल लोकतान्त्रिक खेलकुद पत्रकार संघले आफ्ना चारजना सदस्य सञ्चारकर्मीलाई कारबाही गरेको छ ।
संघको आज राजधानीमा भएको विशेष साधारणसभाले पत्रकार श्रीविक्रम भण्डारी, राधेश्याम दाहाल, मनोज घिमिरे र रामसुदन तिमिल्सिनालाई विधानविपरीत कार्य गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरेको हो । संघले विज्ञप्ति जारी गरेर उनीहरुले विधान विपरीतका कार्य गरेकाले निष्काशन गर्नु परेको उल्लेख गरेको छ ।
संघले रिक्त कार्यसमितिको उपाध्यक्ष पदमा नारायण उपाध्यायलाई र कार्यसमितिको सदस्यमा फणीन्द्र फुयाललाई मनोनयनसमेत गरेको छ ।

प्रतिक्रिया