उपकुलपतिलाई विद्यार्थीको ज्ञापन पत्र

काठमाडौं, ७ असोज । मूल्य बृद्धि र शैक्षिक एजेण्डासहित आन्दोलनमा रहेका नौं विद्यार्थी संगठनहरुले आज त्रिभुवन विश्व विद्यालयका उपकुलपति हीरा महर्जनलाई ज्ञापन पत्र बुझाएका छन् ।
त्रिवि कार्यालय कीर्तिपुर पुगेका विपक्षी दल सम्बद्ध नौं विद्यार्थी संगठनका प्रतिनिधिले ज्ञापन पत्र बुझाएको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए । उनले भने, ‘त्रिविको अनियमितता अन्त्य र विभिन्न शैक्षिक सुधारको माग राखेर ज्ञापन पत्र बुझाएका हौं ।’
त्रिविमा बृद्धि भएको शुल्क फिर्ता लिनुपर्नेलगायतका १५ बुँदे माग सहितको ज्ञापन पत्र बुझाएको उनले बताए । मूल्य बृद्धि र शैक्षिक सुधारको माग राखेर नौं विद्यार्थी संगठनले आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया