चार दलले निकास दिन सक्दैनन्

सिन्धुली, ५ असोज । नेकपा माओवादीका उपाध्यक्ष सिपी गजुरेलले चार ठूला दलले मात्रै राजनीतिक संकटको समाधान गर्न नसक्ने बताएका छन् ।
उनले एककृत माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाको सहमतिले मात्रै निकास आउन नसक्ने बताए । गृह जिल्ला सिन्धुलीमा आज आयोजित कार्यक्रममा उनले भने, ‘निर्वाचनले नयाँ संविधान बन्छ भन्ने ग्यारेन्टी हुनु पर्छ ।’
उनले निर्वाचन प्रणाली, संविधान संशोधन, सरकारको नेतृत्वलगाएतका कुराहरुको टुङ्गो लागी सकेपछि मात्रै नेकपा माओवादीले निर्वाचनमा जाने अन्यथा सहभागी नहुने बताए ।
गजुरेलले तीन दल र मधेसी मोर्चाले सहमति भयो भनेर जनतालाई झुक्याउने काम मात्रै गरिरहेको बताए । उनले सरकारका विषयमा टुङ्गो नलागी निर्वाचन हुन नसक्ने जीकिर गरे ।

प्रतिक्रिया