मकै खाँदा रुकुममा बालकको मृत्यु

जाजरकोट, ५ असोज । मकैको गेडा घाँटीमा अड्किदा जाजरकोटका एक बालकको उपचारका क्रममा रुकुममा ज्यान गएको छ ।
खलंगा–४, बोहोराका पाँच वर्षीय बालक जीवन सुनारको आज बिहान उपचारका क्रममा ज्यान गएको हो । रुकुमको विजयश्वरी–६, मा रहेको मावली घरमा आमासँगै तीज मान्न पुगेका सुनारले आज बिहान मकै खाएका थिए ।
घाँटीमा मकैको गेडा अड्किए पछि उपचारका लागि रुकुमको चौरजहारीस्थित मिशन अस्पताल पुराए लगत्तै सुनारको ज्यान गएको स्थानीय हेमन्त खत्रीले जानकारी दिए । सौर्य

प्रतिक्रिया