चार ठग प्रहरी फन्दामा

काठमाडौं : वैदेशिक रोजगार विभागमा सेटिङ मिलाई अवैध रूपमा विदेश पठाउने गिरोहका चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ विराटनगर–१५ का २९ वर्षीय जगत् न्यौपाने, विराटनगर–२ का अमित भनिने अमितकुमार बर्मा, पाँचथरको कम्पुटार–४ का ५० वर्षीय शिवप्रसाद रेग्मी र भोजपुरको हेलउछा–६ का ३० वर्षीय उमेशकुमार विष्ट छन् ।
बानेश्वरस्थित केल्भिन ट्राभल्स एन्ड टुर्स प्रालिका नाममा ठगी गरेको अभियोगमा उनीहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो
(सिआइबी)ले बुधबार पक्राउ गरेको हो । प्रहरीका अनुसार न्यौपाने केल्भिनका सञ्चालक हुन् ।  उनीहरूबाट प्रहरीले गैरकानुनी रूपमा  संकलन गरिएका एक सय ४१ थान राहदानी, मेनपावर कम्पनी तथा डाक्टरहरूका छापलगायत विभिन्न कागजात बरामद गरेको छ । (सौस)

प्रतिक्रिया