बस पल्टिदा सशस्त्र प्रहरीको मृत्यु

सुर्खेत, ४ असोज । दैलेखबाट सुर्खेतर्फ आउँदै गरेको यात्रु बाहक बस सुर्खेतकै लादेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
ना २ ख ९८८९ नम्बरको यात्रुवाहक बस आज सुर्खेतको गढी–२, लादेमा दुर्घटना हुँदा बेलपाटा–७, दैलेख घर भई सशस्त्र प्रहरी बेस तालिम केन्द्र नौबस्ता, बाँकेमा कार्यरत प्रहरी जवान पुरन थापाको मृत्यु भएको हो ।
बसका सह–चालक सामान्य घाइते भएका छन् । उनको वीरेन्द्रनरस्थित माया नर्सिङ होममा उपचार भइरहेको छ ।
गाडीमा रहेका बाँकी यात्रु सकुशल रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका नायव उपरीक्षक आनन्द मराठाले जानकारी दिए । बस सडकको नालीमा पल्टिएको थियो ।

प्रतिक्रिया