जातीय नारा बोकेर गल्ती भयोः सापकोटा

काठमाडौं, ४ असोज । एकीकृत माओवादीका प्रवक्ता अग्नि सापकोटाले जातीयताका विषयमा पार्टीले गम्भीर गल्ती गरेको स्वीकार गरेका छन् ।
काठमाडौंमा आज आयोजित साक्षत्कारमा उनले एमाओवादीले जातीयताका मात्रै मुद्दा उठाएर गम्भीर गल्ती गरेको बताए । प्रवक्ता सापकोटाले भने, ‘अब जातीयताको नारालाई छाडेर बर्गीय कुरालाई अगाडि बढाउनु पर्छ ।’
उनले नयाँ बन्ने सहमतीय सरकारको नेतृत्वमा आफूहरुको पनि दावी रहने बताए । उनले विगतका सहमति भत्किएकाले कांग्रेसको नेतृत्वमा सहमतीय सरकार बन्न नसक्ने दाबी गरे । नयाँ सरकारमा नेतृत्व दाबी गरे पनि अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री नबन्ने उनको भनाई थियो ।
‘पुरानो सहमति तोडिएको छ,’ उनले भने, ‘कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्छ भनेर ग्यारेन्टी गर्न सकिदैन ।’ उनले कांग्रेसले पाँच बुँदे सहमति उलंघन गरेकाले सहमति भत्किएको आरोप लगाए ।
नेकपा–माओवादीले भने जस्तो सर्वपक्षीय गोलमेच सम्मेलनले मुलुकलाई १७ वर्ष पछि फर्काउने प्रवक्ता सापकोटाको आरोप थियो । उनले भने, ‘मुलुकलाई १७ बर्ष पछाडि धकेल्न गोलमेच सम्मेलन भनिएको छ ।’

प्रतिक्रिया