राष्ट्रपतिसँग राजदूतको विदाई भेट

 काठमाडौं, ४ असोज । राष्ट्रपति डा.रामवरण यादवसँग नेपालका लागि श्रीलंकाली राजदूत थोसापाला हेवागेले आज विदाई भेट गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा डा।यादवले राजदूत हेवागेको कार्यकालको सफलताको शुभकामना दिए ।
भेटमा दुई मुलुक बीचको सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया