किन बढ्दै छ चीनको चासो ?

नेपालको विषयमा भारत र चीनको आ–आफ्नै चासो छ । भारतको जति चासो छ चीनको त्योभन्दा कम छैन । खासगरी तिब्बतसँग सिमा जोडिएको भू–रणनीतिक महत्वमा रहेको नेपाल दरवार हत्याकाण्डपछि सतहमै चीनलाई घेर्ने रणनीतिअनुरूप देखिएको छ । संविधानसभा विघटनसम्म आइपुग्दा विकसित घटनाक्रमबीच राजनीतिक र सामरिक रूपमै चीनले नेपाललाई हेर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ । पछिल्लो चरणमा आफ्नै महान् नेता माओको बदनाम गर्दै दलाई लामाकै ऐजेन्डालाई स्थापित गर्न प्रयत्नरत एनेकपा (माओवादी) इन्डो ब्यानरमा पश्चिमा रणनीतिको पक्षधर देखिएको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराई र पश्चिमा रणनीतिलाई राष्ट्रवादको ब्यानरमा प्रयोग गर्ने अध्यक्ष पुष्पकमल दाहालको गठजोड भारतको ‘र’ सँग जोडिएको छ । यसमा प्रभावशाली पश्चिमा धारको प्रयोगकर्तामा रहेका क्षेत्रीयतावादी दलको गठबन्धन पनि स्वायत्त तिब्बत पक्षधर बनेका छन् । यो अवस्थामा चिनियाँ पधानमन्त्री बेनजिया वाओले चारघन्टे भ्रमण गरेर चीनको सामरिक चासो रहेको जाहेर गरे । तर, इतिहासकै सबैभन्दा बदनाम र वैदेशिक गुप्तचरको बाहुल्य रहेको एमाओवादी नेतृत्वभित्र पनि बदनाम भइसकेका नेताहरूको नेतृत्वको सरकारले यसलाई कूटनीतिक सफलता भन्नुजस्तो हास्यास्पद केही होइन ।
पदीय रूपमा बाहिर रहे पनि पावरको महत्त्वपूर्ण भूमिकामा रहेका डा. कर्ण सिंहको केही समयपूर्व भएको नेपाल भ्रमण राजनीतिक थिएन भन्ने होइन । खालिस्तान विद्रोहको जग र तमिल विद्रोहको भड्कावलाई उपयोग गर्दै भारतमा पश्चिमा ग्राइन्ड डिजाइनमै इन्दिरा गान्धी र राजीव गान्धीको हत्या गरिएको थियो । यसैगरी ‘र’ भित्रै देखिएको पश्चिमा प्रभावको निरन्तरतामा माओवादी सशस्त्र युद्धको भड्कावको ‘जगमा गराइएको नेपालको राजदरबार हत्याकाण्डदेखि चीन अनभिज्ञ छ भन्ने कुरा होइन । दरबार हत्याकाण्डको २४ घन्टा नबित्दै नेपाललाई सिक्किमीकरण गर्न दरबार हत्याकाण्ड गराइएको भन्ने माओवादी नेता बाबुराम को हुन् ? कहिलेदेखि प्रयोगमा थिए ? भन्ने कुरा उनकै गुरु मुनिले नै प्रस्ट पारेका छन् । राजाको माघ १९ को कदमसँग असफलहरूको गठजोरको रूपमा १२ बुँदे दिल्ली सम्झौता भयो । नेपालका एमाओवादी भारत र चीनबीचको न्यूनतम समझदारी र मान्यताविरुद्ध पश्चिमाहरूको मोडलमा अघि बढ्यो । खम्पाकाण्डपछि र बाह्यरूपमा दरबार हत्याकाण्ड सतहमै प्रकट भयो । यो साम्राज्यवादी बृहत ग्राइन्ड डिजाइन सेनामा विद्रोह गराएर मुलुकलाई भीषण द्वन्द्वमा धकेल्दै बहुराष्ट्रिय सेना स्थापित गर्ने रणनीतिमा थियो । जसमार्फत नेपाललाई पश्चिमा साम्राज्यवादको केन्द्र बनाएर सिंगो दक्षिण एसिया ध्वंस गर्ने चीनको स्वशासित क्षेत्र तिब्बतलाई पहिलो प्राथमिकतामा राख्दै घेराबन्दी गर्न सैन्य अखडा स्थापित गर्नु थियो । यसै रणनीतिलाई केन्द्रमा राखेर वर्तमान बाबुराम गठबन्धन सरकारले सेनामा जातीय बटालियन (मधेसी) र समायोजनको आवरणमा अहिलेलाई नजिर बनाएर दीर्घकालीन रूपमा नेपालको राष्ट्रिय सुरक्षा निकायलाई समाप्त गर्दै अघि बढ्ने नीति लिएको छ । धर्म निरपेक्षताको आवरणमा बाइबलकरण, विक्रम सम्वत्लाई विस्थापन गर्ने प्रयत्न, जातीय संघीयताको प्रश्न, आत्मनिर्णयका कुराहरू बृहत् र दीर्घकालीन रणनीतिक लक्ष्य लिएर पश्चिमाहरूले एमाओवादीमार्फत अगाडि सारिरहेका छन् ।
राष्ट्रपतिलाई धार्मिक स्थलहरूमा नयाँ राजाकै शैलीमा भ्रमण गराउने अनि धर्म निरपेक्षता भन्ने ? मुमा रत्नराज्यलक्ष्मीदेवी शाहलाई बकिंघम प्यालेसको नेक्सस महेन्द्र मञ्जितमा राख्ने अनि नारायणहिटीलाई संग्रहालय घोषणा गर्ने ? राजालाई नागार्जुन दरबारमा स्थापित गर्दै नारायणहिटीभित्र गणतन्त्र स्मारक निर्माणको नाटक मञ्चन किन ? यो स्पष्टरूपमा ख्रिस्टानीकरणसहित साम्राज्यवादी केन्द्र स्थापित र विस्तारको चक्रव्यूहभित्रको ग्राइन्ड डिजाइन हो भन्ने कुरा अब कसैको पनि भ्रममा रहेन । कोत पर्वमार्फत जंगबहादुर राणाको उदयसहित साम्राज्यवादी केन्द्र निर्माण विस्तार र साम्राज्यवादविरुद्ध लडेको गोरखाली सेनालाई साम्राज्यवादको रक्षार्थ उभ्याउने काम भयो । क्रमभंगताको अभ्यासमा जुटेका राजा वीरेन्द्रसहितको हत्या दास्रो कोतपर्व नै हो । दरबार हत्याकाण्डमार्फत केन्द्रित शक्तिकेन्द्र र माओवादी व्यक्ति हत्यामार्फत युद्धको आवरणमा स्थानीय सत्तालाई केन्द्रीकरण गर्दै पश्चिमा ग्राइन्ड डिजाइनमा नेपाललाई केन्द्र बनाएर दीर्घकालीन रूपमा दक्षिण एसिया ध्वंस गर्ने बृहत् रणनीतिका फरक पाटा थिए । नेपालको राज्यसत्तालाई दरबार हत्याकाण्डसँगै घोर दक्षिणपन्थी केन्द्रमार्फत पश्चिमाहरूको रणनीतिक केन्द्र बनाउने योजना दिल्ली र बेइजिङले असफल बनाइदिएपछि अहिले एमाओवादीमार्फत त्यो प्रयत्न भइरहेको छ ।
पश्चिमाहरूको ग्राइन्डडिजाइनमा जातीय अन्तर्विरोधलाई चर्काउने प्रजातन्त्र र वर्गसंघर्षलाई निस्तेज गर्दै माओवादको आवरणमा दक्षिण एसिया कब्जा गर्ने पश्चिमाहरूको रणनीति हो । भारतीय विस्तारवादविरोधी आवरणमा पशुपतिदेखि लुम्बिनीसम्मको दाहालको हमलाको उद्देश्य ख्रिस्टानीकरणको बृहत् र दीर्घकालीन रणनीतिक लक्ष्य केन्द्रित थियो भन्ने कुरा अहिले आएर प्रस्ट भएको छ । पद्मरत्न तुलाधरलाई अगाडि सारेर सिआइए रणनीतिमा विक्रम सम्वत्लाई विस्थापन गर्ने प्रयत्नदेखि धर्म, भाषा, राष्ट्रिय पोसाकमाथिका हमलाहरू अन्तत: पश्चिमाहरूको स्वार्थ अनुकूल चलाइएका अभियान हुन् भन्ने कुरामा अब दुईमत रहेन । दाहाल यो अभियानमा बेलुनमा हावा भरिएकाजस्ता पात्र मात्र हुन् । पश्चिमाहरूले इन्दिरा गान्धी हत्याको आधार खालिस्तान र राजीव हत्याको आधार तमिलहरूमार्फत तयार गरेजस्तै दरबार हत्याकाण्डसहित कब्जाको रणनीतिमा माओवादी युद्धको वीजारोपण भएको थियो । यस कारण चीन, भारत र नेपाल त्रिदेशीय रणनीति नेपालको वर्तमान राजनीतिक समस्या हल गर्नुको विकल्प छैन ।

प्रतिक्रिया