डाक्टरको लापरवाहीले सुत्केरीको मृत्यु

सुर्खेत : सुरक्षित प्रसूतिका लागि मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेत पुर्‍याइएको एक महिलाको अस्पतालमै मृत्यु भएको छ । कल्याण–५ की १५ वर्षीया राधिका विकको मंगलबार क्षेत्रीय अस्पताल सुर्खेतमा मृत्यु भएको हो । सुत्केरी व्यथाले च्यापेपछि उनका परिवारले मंगलबार दिउँसो १२ बजे क्षेत्रीय अस्पतालमा पुर्‍याएका थिए ।
अस्पताल पुर्‍याइएको एक घन्टापछि मात्रै अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. भोलाराम श्रेष्ठ र डा. डम्बर खड्काले जाँच गरेका थिए । भिडियो एक्स–रे गरेर पेटको बच्चा मृत अवस्थामा रहेको जानकारी दिए पनि बेवास्ताका कारण विकको मृत्यु भएको हो । डा. खड्काले बिरामीको अवस्था सिकिस्त भएकोले बचाउने प्रयास गरे पनि नसकिएको बताए । मृतकका पति गोपाल बस्यालले दिउँसो १२ बजे अस्पताल पुर्‍याइए पनि ५ बजेसम्म डाक्टरले कुनै वास्ता नगरेकाले मृत्यु भएको बताए । (सौस)

प्रतिक्रिया