बेपत्ता एक ट्रक बियर पोखरामा

चितवन, ३ असोज । नवलपरासीको मुकुन्दपुरमा रहेको गोरखा ब्रुअरी प्रालिले काठमाडौ पठाउने क्रममा बाटोबाटै बेपत्ता वियर आज पोखरामा फेला परेको छ ।
फेला परेको वियर करिब २ लाख ८२ हजार मूल्य बराबरको रहेको प्रहरीले छ । ब्रुअरीले जोशी सप्लायर्स काठमाडौंका नाममा पठाएको पाँच सय कार्टुन टुबोर्ग र सात सय ५० कार्टुन काल्र्सबर्ग वियर साउन–२६ गते देखि वेपत्ता थियो ।
अनुसन्धानका क्रममा कास्की जिल्लाको पोखरा उपमहानगरपालिका–१०, गौरीमार्गबाट वियर फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक रविराज पौडेलले जानकारी दिए ।
ना ३ ख ५८६२ नम्वरको ट्रकमा बियर राखेर जोशी सप्लायर्स काठमाडौंका नाममा बिल सहित ट्रक चालक वीरकाजी तामाङ्गलाई पठाएको बु्रअरीले जनाएको छ । ट्रक मुग्लिङ्ग बजारमा वेवारिसे अवस्थामा खालीनै फेला परेपछि प्रहरीले वियरको सोधिखोज शुरु गरेको थियो ।
घट्नामा संलग्न पोखरा–१२, माटेपानीका ३६ बर्षीय चन्द्रबहादुर कार्की र पोखरा–१५, रामनगरका ३१ बर्षीय विपिन केसी पक्राउ परेका छन् ।
यसैवीच, चितवनमा नजिकिदै गरेको चाडवार्डलाई मध्यनजर गर्दै प्रहरीले घरेलु मदिरा खोज र नष्ट गर्ने अभियान शुरु गरेको छ ।
अभियानको पहिलो दिन आज प्रहरीले दुई सय ५० लिटर घरेलु मदिरा नष्ट गरेको छ । पदमपुर गाविसका विभिन्न होटलहरुबाट बरामद गरेको मदिरा अपरान्ह पत्रकारको रोहवरमा नष्ट गरेको हो ।
पदमपुरको क्लव चोक र खुकुरी चोकका ७ वटा होटलहरुमा छापा मारेर मदिरा नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक देवेन्द्र वहादुर पालले जानकारी दिए ।

प्रतिक्रिया