‘मलाई खानको आशीर्वाद छैन’

मुम्बई : बलिउड अभिनेत्री विपासा वसुले आफू कसैको आशीर्वादले नभई आफ्नै अभिनयक्षमताका भरमा सफल बनेको बताएकी छन् । बलिउडमा चलेका खान परिवारको हातविना सफलता पाउन गाह्रो छ भन्ने मान्यता आफ्नो हकमा लागू नभएको उनले दाबी गरेकी हुन् । ‘यो मेरा लागि गर्व गर्नलायक कुरा हो,’ उनले भनिन्, ‘मैले आफ्नो क्षमताकै बलमा करियरलाई उचाइमा पुर्‍याउन सकेकी हुँ ।’
त्यसो त १२ बर्से चलचित्र करियरमा उनले गर्व गर्नलायक त्यस्तो कुनै विशेष फिल्ममा अभिनय गर्न पाएकी थिइनन् । पछिल्लोचोटि राज–३ सफल भएपछि चाहिँ उनको उत्साह निकै बढेको छ । बंगाली चलचित्रबाट बलिउड प्रवेश गरेकी विपासा ब्ल्याक ब्युटीका रूपमा
परिचित छिन् । (एजेनसी)

प्रतिक्रिया