रेडियोकर्मीसहित दुई बेपत्ता

ताप्लेजुङ, ३ असोज । रेडियो तमोर १०२ मेगाहर्जका प्राविधिक मदन पौडेल आइतबार रातिबाट बेपत्ता भएका छन् । दोखु–९ घर भएका पौडेल नृत्य कार्यक्रमको सन्दर्भमा ताप्लेजुङकै फूलबारी गाविस पुगेका र सोही क्षेत्रबाट बेपत्ता भएको रेडियो तमोरले जनाएको छ । रेडियोका सहायक स्टेसन मेनेजर राजु यक्पाङदेनले पौडेलको खोजीकार्य जारी रहे पनि पत्तो लाग्न नसकेको बताए ।

यस्तै, ढुङ्गेसाँघुका ५२ वर्षीय लोकबहादुर वनेम पनि बेपत्ता भएका छन् । उनी सोमबार बिहानबाट बेपत्ता भएको छिमेकी बिबिहाङ बनेमले जानकारी दिए ।

प्रतिक्रिया