नेपालगन्ज बजार डुबानमा

बाँके, २ असोज । दुई–तीन दिनदेखिको लगातारको झरीले नेपालगन्ज बजारका मुख्यमुख्य स्थान डुबानमा परेका छन् ।
आज बिहान परेको मुसलधारे वर्षाका कारण नेपालगन्जको खजुरारोड, घरबारीटोल, न्युरोड, गणेशपुर, सल्यानीबाग, फुलटेग्रा, रानीतलाउलगायतका स्थान डुबानमा परेका हुन् ।
स्थानीयहरु ढल निकासको उचित प्रबन्ध नहुँदा बर्सेनी डुबानको समस्या झेल्दै आइरहेका छन् । वर्षा शुरु भइसकेपछि मात्र ढल खन्न शुरु गर्ने नेपालगन्ज नगरपालिकाको कार्यले नगरवासी अक्रान्त बनेका छन् ।
वर्षाले नगरका विभिन्न स्थान जलमग्न भएपछि सर्वसाधारणको आवतजावत कम भएको छ । रिक्सा, टाँगा पनि कम मात्रै चलेका छन् ।

प्रतिक्रिया